Section 9
कुटनैतिक प्रतिनिधिलाई अन्य छुट
(१) कुटनैतिक प्रतिनिधिलाई नेपालमा लागू हुने कुनै सामाजिक सुरक्षा व्यवस्था (सोसल सेक्यूरिटी प्रभिजन) बाट छुट हुनेछ ।
(२) कुटनैतिक प्रतिनिधिलाई नेपाल सरकारले सबै व्यक्तिगत सेवा, कुनै प्रकारको सार्वजनिक सेवा तथा सेना सम्बन्धी दायित्वबाट छुट दिनेछ ।